काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । वैठकमा आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) लगायतका विषयमा छलफल हुने एसले जनाएको छ ।
आजको बैठक बबरमहलमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन छलफल हुने नेताहरूले बताएका छन । बैठक भोलीसम्म चल्नेछ ।