काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको लडाईं जनादेशी र परामादेशीबीचको भएको बताउनु भएको छ । मंगलबार नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अबको लडाईं जनादेशी र परमादेशीबीच हुने बताउनुभयो ।
कार्यकर्तालाई परमादेशविरुद्ध खुलेर सामना गर्न निर्देशन दिँदै उहाँले एमाले जनताबाट निर्वाचित भएर आउने पार्टी भएकाले कसैको आदेश र परमादेश स्वीकार्य नहुने टिप्पणी गर्नुभयो ।
एमालेको प्राथमिकता राष्ट्र निर्माण भएको दाबी गर्दै अध्यक्ष ओलीले जनतालाई मन पर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको उहाँको भनाइ छ ।
विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उहाँले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील बन्न निर्देशन दिनुभयो ।