फागुन २८ गते हात्तीपाइले विरुद्ध औषधी खुवाइने

मुख्य खबर मङ्लबार फाल्गुन २४, २०७८

काठमाडौं । सरकारले फागुन २८ गतेदेखि हात्तिपाइलेविरुद्धको औषधी खुवाउने भएको छ । देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार २८ गते तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । उहाँले हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको सीआईएनसँग बताउनुभयो ।

सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ ।

Leave a Comment