माओवादी केन्द्रको बैठकबाट ९७ केन्द्रीय सदस्य मनोनयन

मुख्य खबर सोमवार फाल्गुन २३, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनयन भएका छन् ।सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् ।

जस अनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यस अघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।

Leave a Comment