काठमाण्डौं । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब र आयोजक सुदुरपश्चिम–११ बीच प्रतिस्पर्धा हुनेछ । खेल ३ बजेपछि सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । आयोजकले सिधै क्वाटरफाइनल खेल्न लागेको हो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।