एजेन्सी । रुसमा युक्रेन हमलाबिरुद्ध प्रदर्शन गर्ने ६ सयभन्दा बढी प्रदर्शनकारीहरुलाई २१ शहरहरूबाट गिरफ्तार गरिएको छ ।
११ दिन अघि युक्रेनमा युद्ध सुरु भएदेखि रुसमा कम्तिमा ८,००० प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको जनाइएकोे छ । रुसमा सरकार विरोधी प्रदर्शनमा सामूहिक नजरबन्दी सामान्य भएको छ । यसैबीच रुसी अधिकारीहरूले बीबीसी लगायत धेरै मिडिया आउटलेटहरूमा पहुँच प्रतिबन्ध लगाएका छन ्। टेलिभिजन समाचार च्यानल बीबीसी वर्ल्ड न्यूज पनि रुसमा बन्द गरिएको छ। युक्रेनमा रुसको आक्रमणपछि युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिनेहरुको ख्या पनि १५ लाख नाघेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार पछिल्लो १० दिनमा १५ लाखभन्दा बढी मानिस सीमा पार गरी छिमेकी मुलुकमा पुगेका अन्तर्राष्ट्रिय सञ्चारमा्रध्यमहरुले जनाएका छन ।