एजेन्सी । वश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण भइरहेको बताएको छ ।
डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले रुसी फौजले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण गरिरहेको बताउनुभएको हो । उहाँले आक्रमणबाट युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर गर्ने चेतावनी पनि दिनुभएको छ । युक्रेनकी एक उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले पनि रुसी सेनाले युक्रेनी सहरहरूका अस्पताल र शिशु कक्षहरूमा गोलाबारी गरेका बताउनुभएको बीबीसीले जनाएको छ ।
यसैबीच युक्रेनको मरिपोलमा फेरि युद्धविराम घोषणा भएको छ । स्थानीय समयअनुसार आइतवार बिहान १० बजेदेखि राती ९ बजेसम्मका लागि युद्धविरामको घोषणा भएको बीबीसीले जनाएको छ ।
हिजो युद्धविरामको सहमति भएको केही समयमै रुसले बमबारी गरेपछि मरिपोलमा फसेका सर्वसाधारणको उद्धार कार्य रोकिएको थियो ।