काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको रणनीतिक योजना बनाइरहेको जनाएको छ ।
सन् २०२२ देखि २०३० सम्मका लागि रणनीतिक योजना बन्ने क्रममा रहेकाले योजनामा समेट्नुपर्ने विषय उल्लेखगरि सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले इमेलमार्फत सुझाव पेश गर्न सबैलाई अनुरोध गर्नुभयो ।
रणनीतिक योजनामा अतिआवश्यक विषय नछुटाउनका लागि सबैको सहयोग माग गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।