काठमाण्डौं । नेकपा एकीकृत समाजवादीको आज पोलिटब्युरो बैठक बस्दैछ ।
बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुनेछ। आज पोलिटब्युरो बैठक बोलाएको एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ।