हाल देशको उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद प्रतिभा मानन्धरले बताउनुभयो