काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध लागेको महाभियोग विरुद्धको विषयमा ११ सदस्यीय सिफारिस समिति गठन भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।
लामो समयदेखि समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित सत्ता गठबन्धन दलहरु समेत यसका सदस्यहरु रहेका छन् फागुन १ प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । बैठकमा सरकारले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ प्रतिनिधिसभा बैठकमा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।
महाअभियोग सिफारिस समितिमा कुन दलबाट को छन् हेर्नुहोस् लिष्ट सहित
एमाले
१) विष्णु पौडेल
२)लालबाबु पण्डित
३) शिवमाया तुम्बाहाम्फे
४) कृष्णभक्त पोखरेल
कांग्रेस
५) मिनबहादुर विक
६) रामबहादुर विष्ट
माओवादी
७) यसोदा सुवेदी
८)रेखा शर्मा
नेकपा एस
९) कल्याणी खड्का
लोसपा
१०)एकवाल मियाँ
जसपा
११) प्रमोद साह