माओवादी केन्द्रीय कमिटीको बैठक स्थगित

मुख्य खबर आइतवार फाल्गुन २२, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको र नेताहरुबीचमा आन्तरिक तयारी गर्नुपर्ने विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको माओवादी केन्द्रका जनाएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक सुरुमा दुई घण्टा सारिएको थियो । तर दुई घण्टा सार्दा पनि तयारी नपुगेको भन्दै भोलि सोमबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन गर्नुपर्ने विषयमा बोलेका थिए भने नेता नारायणकाजी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएको थियो ।

 

Leave a Comment