काठमाडौं । तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।
विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए।
आगो निभाउनका लागि काठमाण्डौ देखि पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ ।
आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्यांकर प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी र सेना खटाइएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् ।