काठमाडाै । त्रिवि सेवा आयोगले आजदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ । आजदेखी चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीको कारण परीक्षा गर्न सक्ने अवस्था नरहेकाले तालिका परिमार्जन गर्नु परेको सेवा आयोगका कार्यालय प्रमुख केदार ढकालले बताउनुभयो ।
ढकालले विभिन्न जिल्लाबाट आएका परीक्षार्थीहरुलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमै परीक्षा गराउने प्रयास गरे पनि नसकेपछि अन्तिम समयमा तालिका संशोधन गर्न बाध्य भएको बताउनुभयो ।