काठमाडाै । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुनुहुन्थ्यो ।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताउनुभएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख छ । शेरचनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।