प्रतिनिधि सभाको बैठक बस्दै

मुख्य खबर आइतवार फाल्गुन २२, २०७८

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकअघि बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ ।

कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यही बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा पनि छलफल हुने बताईएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । आफूले कारबाही गरेका माधव नेपाललगायतका १४ सांसदलाई पदबाट हटाउनुपर्ने एमालेको माग छ ।

Leave a Comment