आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलङ्का प्रस्थान गर्दै छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलङ्का प्रस्थान गर्ने जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलङ्कामा त्यहाँको पहिलो श्रेणीको क्लबसँग ४ अभ्यास खेल खेल्ने छ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त सिरिजमा नेपालले युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । पीएनजीविरुद्ध नेपालले सिरिजको पहिलो खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्नेछ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।