काठमाण्डौं । नेपालमा हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन्। योसँगै अब देशभर तापक्रम बढ्ने क्रम सुरु भएको छ ।
प्रि–मनसुन भनेको हिउँद सकिएको र मनसुन अर्थात् वर्षा याम सुरु हुनुभन्दा अघिको समय हो। प्रि–मनसुन हावाहुरी, चट्याङ र असिनाको सम्भावना हुन्छ । यो सिजन ३ महिना अर्थात् अंग्रेजी महिना मेसम्म रहने मौसमविद् बताएका छन् ।
अहिले देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा अन्य भेगमा मौसम सामान्यता सफा रहनेछ। राति पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यता सफा रहनेछ ।