काठमाण्डौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच टेलिफोन संवाद भएको छ ।
उहाँहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
दुई नेताहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।