सरकार राजदूत नियुक्तिका विषयमा केन्द्रीत

मुख्य खबर शनिबार फाल्गुन २१, २०७८

काठमाण्डौं । एमसीसी संसदबाट पारित भएपछि सरकार राजदूत नियुक्तिका विषयको छलफलमा केन्द्रीत बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएर छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आन्तरिक छलफल गर्नुभएको छ भने सत्ता साझेदार दलका नेताहरूसँग पनि परामर्स थाल्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राजदूतको नाम दिन आग्रह गर्नुभएको छ ।

नेपालका लागि विभिन्न २० देशका राजदूतको पद रिक्त रहेकाले सरकारले यसको पदपुर्तीको लागि कसरत थालेको हो ।

Leave a Comment