काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड पुतली शाखाले शनिबार रक्तादान कार्यक्रम गर्ने भएको छ । काठमाडौं उपत्याकामा लोकप्रियता कमाइसकेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडका विभिन्न शाखाहरु मध्ये शनिबार पुतली सडक शाखाले खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
रक्तदान जीवन दान समेत भएकाले रगतको अभावमा अल्पआयूमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्य सहित समृद्धि फाइनाइन्स लिमिटेडले सम्पूर्ण सरोकारवाला व्यक्तिहरुलाई रक्तादान गर्न समेत अपिल गरेको छ ।
देशमा विभिन्न खालका साना ठूला फाइनान्स भए पनि उनीहरु केवल आर्थिक पक्षलाई मात्र ध्यान दिइरहेको अवस्थामा समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भने मानवीयता सँग जोडिएका हरेक सामाजिक कार्यमा काम गर्दै छुट्टै पहिचान बनाउन सफल बनेको छ । रक्तदान कार्यक्रमको मिडिया पार्टनरका रुपमा नेपाल एफ नेटवर्क रहेको छ ।