काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिगको अक्सन रोक्न आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
एन्फाले हिजो आयोजकलाई पत्र पठाउँदै अक्सन रोक्न आग्रह गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले अक्सन रोक्न आग्रह गरिएको बताउनुभयो । दोस्रो संस्करणको एनएसएलका लागि अक्सन आज हुने तालिका रहेको छ । तर, खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग क्लबले विरोध जनाउदै आएका छन । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित आठ क्लबले बुधबार प्रेस विज्ञप्ति निकाल्दै क्लबको अनुमति बिना क्लबमा कानुनी रुपमा आबद्द खेलाडीको अक्सन गर्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।
विरोध जनाउने अन्य क्लबमा न्युरोट टिम एनआरटी, मनाङ मर्स्याङ्दी,सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।