पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबललाइ

खेलकूद शुक्रबार फाल्गुन २०, २०७८

काठमाण्डौं । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

धनगढी रंगशालामा हुने खेलमा बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । ए डिभिजन क्लब एनआरटी आज मोफसलको टोली बागमतीलाई हराउँदै क्वाटरफाइनलमा पुग्न चाहन्छ । बागमती पनि एनआरटीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Comment