सवारी दुर्घटनामा परी अमेरिकामा वर्षमै ४६ हजारको मृत्यु

समाज शुक्रबार फाल्गुन २०, २०७८

सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमै ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले सार्वजनिक एक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो । परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेको देखाएको छ ।

त्यसैगरी सन् २०१९ मा भने ३९ हजार १०७ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पनि परिषद्ले जनाएको छ । जारी प्रतिवेदनमा वार्षिक तथ्याङ्क हेर्दा नराम्रो अवस्थातिर गइरहेको भन्दै सडक सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख छ ।

Leave a Comment