नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग

आर्थिक शुक्रबार फाल्गुन २०, २०७८

काठमाण्डौं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले आज दरखास्त आह्वान गरेको हो । आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।

बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए)मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१÷३१ जनाका लागि कोटा छुट्याएको छ । बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ ।

यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ

Leave a Comment