पाँच सय एघार नेपालीले युक्रेन छोड

Uncategorized शुक्रबार फाल्गुन २०, २०७८

एजेन्सी । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५ सय ११ नेपालीले युक्रेन छोडेका छन ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई हिजोसम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिनुभयो ।

समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दोवा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

Leave a Comment