नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५–५ रूपैयाँका दरले बढाएको हो । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ । बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।
निगमका अनुसार ५–५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ ।