काठमाण्डौ । लामो समयपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलास बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक विचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले राणाले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास आजदेखि तोकिने भएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आजदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलनका कारण रोकिएको सुनुवाइ ४ महिनापछि हुन थालेको हो ।
अन्तिमपटक संवैधानिक इजलासले केपी शर्मा ओलीले गरेको ५२ संवैधानिक निकायको नियुक्तिविरुद्धको रिटमा लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । केपी शर्मा ओली सरकारले गरेको विघटन बदर गरेपछि संवैधानिक इजलास धेरै विवादित भएको थियो भने प्रधानन्यायाधीश राणा पनि एकपछि अर्को विवादमा पर्नुभएको थियो ।