नेकपा माओवादी केन्द्रले बैठक आज

मुख्य खबर शुक्रबार फाल्गुन २०, २०७८

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।

राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । यो केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय कमिटी बैठक सर्दै आएको थियो ।

वर्षमान नेपाल फर्किसकेका छन् । यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसिसी पनि पारित भइसकेको छ । माओवादीभित्र एमसिसी पारित गर्न नहुने मत पनि थियो । नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय कमिटी बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन् ।

Leave a Comment