काठमाण्डौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आजदेखि सकिएको छ ।
नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको हो । निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि आजसम्म थियो ।
यसबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन् । गत माघ १२ मा भएको निर्वाचनबाट सत्तारूढ गठबन्धनका पाँच दलबाट १८ जना र नेकपा एमालेबाट १ गरी १९ सांसद निर्वाचित भएका थिए । निर्वाचित नयाँ सांसदलाई भोली बिहान ११ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा सपथ खुवाउने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेसबाट छ, नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट पाँच, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका छन् ।