पार्टी नछोड्न नारायणकाजीलाई प्रचण्डको अनुरोध

मुख्य खबर बिहिबार फाल्गुन १९, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रमा आन्तरिक द्धन्द्ध बढ्दै गइरहेको छ । अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन गर्ने वा नगर्ने विषयमा भएको विवादका कारण बल्झिएको आन्तरिक द्धन्द्धका कारण अध्यक्ष प्रचण्डलाई नेताहरु पार्टी छोड्ने हुन कि भन्ने चिन्तामा देखिएका छन् ।

एमसीसीको चर्काे विरोध गरिरहेका नारायाणकाजी श्रेष्ठलाई अध्यक्ष प्रचण्डले आफ्नो नीजि निवासमा बोलाएर पार्टी नछोड्न आग्रह गरेका हुन् । एमसीसी सम्झौता पास भइसकेपछि गएको सोमवार नेता श्रेष्ठले यस विरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए ।

श्रेष्ठले पार्टी छाडेर जान सक्ने सङ्केत समेत गरेका थिए । तर, त्यसपछि फेरि प्रचण्डले आफू बहकिएको भन्दै पार्टी नछोड्न श्रेष्ठलाई आग्रह गर्दै उनले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा आफ्नो असन्तुष्टि राख्न श्रेष्ठलाई आग्रह गरेका छन् । नेता श्रेष्ठले हिजो मात्रै नेत्र विक्रम चन्द र उनका पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मासँग भेटघाट गरेका थिए ।

Leave a Comment