काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकी सहयोग सहयोग सम्झौता एमसीसी कार्यान्वयन गर्नका लागि एक ठाउँमा उभिन सत्तारुढ गठबन्धन दललाई आग्रह गरेका छन् ।
विहिबार सत्ता गठबन्धको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग नियोग (एमसीसी)सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनमा सहयोग पुर्याउने सबै राजनीतिक दल र नेताहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।
‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौँ । अनुमोदनको प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौँ, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ,’ बैठकमा प्रधानमन्त्री देउवाले भनेका थिए ।
बैठकमा एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा उत्पन्न खटपटको समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको बताए ।
‘सत्ता गबठन्धको बैठकले महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने आवश्यक औल्याउँदै एमालेको अवरोधका कारण प्रक्रिया अघि बढाउन सकिएको नसिकिएको निष्कर्ष निकालेको छ । त्यसैले बैठकले प्रमुख प्रतिपक्षी दलसँग संसद्मा जारी अवरोध हटाउन आह्वान गरेको छ ।