विप्लव र एमाले नेता रावलबीच भेटवार्ता

मुख्य खबर बिहिबार फाल्गुन १९, २०७८

काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव , पार्टी प्रवक्ता खड्क बहादुर विश्कर्मा प्रकाण्ड र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ ।

सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन गरेसँगै थप चिढिएको विप्लव माओवादी र नेता रावलले एमसीसी विरुद्ध एक भएर जाने बताएका छन् ।

स्रोतका अनुसार एमसीसी राष्ट्रघाती सम्झौता भएको निष्कर्ष सहित आगामी दिनमा संयुक्त आन्दोलनमा जानका लागि एकताको कार्यगत एकतामा जाने सहमती भएको जनाएको छ । नेता रावलले एमाले पार्टीको सकुर्लर बिना एमसीसीको विरोध गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रावलको मनोगत विषयमा टिप्पणी गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताएका थिए । तर रावलले त्यसको प्रतिरोध गरेका थिए ।

हिजो मात्रै नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठ र विप्लवका नेताहरुबीच भेटवार्ता भएको थियो ।

Leave a Comment