मिथिला माध्यमिकी परिक्रमा यात्रा शुरू

विचार बिहिबार फाल्गुन १९, २०७८

काठमाण्डौं । प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा यात्रा आजदेखि शुरू भएको छ ।

फाल्गुन आँैसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका धार्मिक तथा ऐतिहासिक ठाउँहरूको करिव १ सय २० किलोमिटर पैदल यात्रा गरिन्छ ।
मिथिला माध्यमिकी परिक्रमाको पहिलो दिन आज धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरमा झाँकी कीर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर पु¥याएको छ ।

जानकीको डोलासँगै जनकपुरका विभिन्न मठमन्दिरबाट ल्याइएका डोलाहरू समावेश गरेर जनकपुरको हनुमानगरबाट परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ ।

Leave a Comment