काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने बताउनुभएको छ ।
उहाँले खोप खरिदका लागि पत्रचार गरिसकिएको पनि जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उनले आगामी वैशाखभित्र १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत बताउनुभयो ।
यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोरोना भाइरस रोकथाम सबैको सहयोगबाट मात्र सम्भव भएको बताउनुभयो ।