एजेन्सी । सयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ ।
युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा मत दिएको हो। प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिएका हुन् । पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन ।
यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो। यस्तै राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए। नेपा सुरक्षा परिषद्मा छैन।