लमही–घोराही सडकखण्ड ९ घण्टा बन्द हुने

कर्णाली बिहिबार फाल्गुन १९, २०७८

काठमाण्डौं । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडकखण्ड आउँदो आइतबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङले सूचना निकालेर आउँदो आइतबारदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द गर्ने जनाएको छ ।

सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो ।

Leave a Comment