काठमाण्डौं । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले बुधबारदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ ।
पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौं हुँदै पोखरा जानुपर्ने बाध्यता हट्ने भई समय र पैसाको समेत बचत हुने देखिएको धनगढीस्थित बुद्ध एयर स्टेशनका प्रमुख बुधराम माझीले बताउनुभयो ।
पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने गरी हवाई सेवा दिन सुरु गरेको एयरलान्सले जनाएको छ । पोखरा–धनगढी हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताउनुभयो ।