काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उहाँले एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताउनुभयो ।
उहाँले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु समेत मिचेर पारित भएको आरोप लगाउनुभयो ।
उहाँले एसमसीसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउँदै जाने दाबी गर्नुभयो ।