भोली सार्वजनिक विदा

समाज बुधबार फाल्गुन १८, २०७८

काठमाडौं । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो ।ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।

Leave a Comment