काठमाडौं । सेयर बजारमा राम्रा भन्दा धेरै विकृति भएकाले तत्काल सुधार गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । बजारमा भित्री कारोबार, कर्नरिङ लगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अर्थ मन्त्रालयमा आज आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले निर्देशन दिनुभएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलगायतको उपस्थितिमा अर्थमन्त्री शर्माले बजार सुधारका लागि निर्देशन दिनुभएको हो ।