बलात्कारको मुद्धामा एमाले सांसद बानियाँलाई ५ दिन थुनामा राख्न अदालतको अनुमती

Uncategorized बुधबार फाल्गुन १८, २०७८

काठमाडौं। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले अनुमती दिएको छ। बुधबार जिल्ला अदालत बाँकेले सांसद बानियाँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुधुसूदन न्यौपानेले अदालतले बानियाँलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए ।

जुम्लाकी एक शिक्षिकाले नेपालगन्जस्थित अप्सरा होटेलमा सांसद बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । सांसद बानियाँलाई सोमबार बाँकेको राँझा विमानस्थलबाट पक्राउ गरेको थियो ।

Leave a Comment