प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

मुख्य खबर बुधबार फाल्गुन १८, २०७८

काठमाडौं ।प्रतिनिधि सभाको बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७‍,७८’ पेस भएको छ ।  एमालेकाे अवराेधकाबीच  आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेका हुन् ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन। बैठक पाँच मिनेट बसेर स्थगित भएको हो ।

Leave a Comment