एजेन्सी । अमेरिकाले रुसी विमानलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ ।
रुसले युक्रेनमा गरिरहेको सैन्य आक्रमणको विरोधमा अमेरिकाले रुसी विमानलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध प्रतिबन्ध घोषणा गर्ने तयारी छ । यसअघि युरोपेली मुलुक र क्यानडाले पनि रुसविरुद्ध आफ्ना हवाई क्षेत्र बन्द गरिसकेका छन्। यसअघि पनि विभिनन मुलुकले रुसलाई प्रतिबन्ध लगाइसकेका छन्। जसका कारण धेरैवटा रुसी उडान रद्द तथा मार्ग परिवर्तन गरिएका छन्।
रुसले अहिलेसम्म अमेरिकाले हवाई प्रतिबन्ध लगाए त्यसको बदलामा के गर्ने भन्ने विषयमा कुनै संकेत दिएको छैन।