इसीडी शिक्षकलाइ स्थायी गर्ने तयारी

समाज बुधबार फाल्गुन १८, २०७८

काठमाण्डौ । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई अब स्थायी गरिने भएको छ ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई स्थायी गर्ने सहमति भएको हो । सहमतिमा इसीडी शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी महासंघ सँग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोगमार्फत उमेर हद नलाग्ने गरी आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख गरिएको छ ।

यस्तै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई नयाँ आर्थिक वर्ष देखि सङ्घीय सरकारले नै तलब दिने सहमति पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताउनु भयो । सङ्घीय सरकारले तोकेको तलब स्थानीय सरकारले दिन आनाकानी गरेको र शिक्षक र कर्मचारीको माग पनि संघीय सरकारले नै उपलब्ध गराउनुपर्ने रहेको हुँदा आगामी आर्थीक वर्ष देखि संघिय सरकारबाटै उपलब्ध गराउने सहमति भएको हो ।

Leave a Comment