बाइडेनले अमेरिकी हवाई क्षेत्रबाट रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा

अन्तर्राष्ट्रिय बुधबार फाल्गुन १८, २०७८

राष्ट्रपति  जो बाइडेनले  अमेरिकी हवाई क्षेत्रबाट रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

बाइडेनले आफ्नो स्टेट अफ द युनियनकोसम्बोधनमा  रुसी विमानलाई अमेरिकी हवाई क्षेत्रबाट प्रतिबन्ध लगाउने घोषणा गरेका हुन ।

“आज राती म घोषणा गर्दैछु कि हामी सबै रूसी उडानहरूको लागि अमेरिकी हवाई क्षेत्र बन्द गर्नै, रुसलई अझ अलग पार्ने र उनीहरूको अर्थतन्त्रलाई थप घटाउन  हाम्रा सहयोगीहरूसँग सहभागी हुनेछौ ।”
राष्ट्रपतिले भने ।

अमेरिकाले रुसी विमानहरुलाई आफ्नो हवाई क्षेत्र बन्द गर्न क्यानडा र युरोपेली संघमा समेत सम्लग्न  भएको छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सम्पूर्ण ईयूले रूसी विमानहरूलाई  आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गर्नु अघि जर्मनी, फ्रान्स र इटालीलगायत धेरै युरोपेली देशहरूले यसो गरिसकेका थिए।

Leave a Comment