काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आइतबार एमसीसी सम्झौता अनुमोदन गरेर सकिएको बैठक आज पुनः बस्न लागेको हो ।
संसद सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरिसकेको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले हिजै आजको बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको थियो । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ ।
आजको बैठकको दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नेछन्। मन्त्री आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।