व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्नु जनता झुक्यानु हाे- एमाले

मुख्य खबर मङ्लबार फाल्गुन १७, २०७८

काठमाडौं । नेकपा एमालले अमेरिकी सहयोग सम्झौता सुंसदबाट अनुमोदन भएपछि आफ्नो धारणा सार्वजनिक गरेको छ । एमसीसी अनुमोदन भएको दुई दिन पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो धारणा राखेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले संसद्‍को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय भएकोमा आपत्ति जनाएको छ । यसले यसले संसदीय अभ्यासको उपेक्षा पनि भएको उल्लेख गरेको छ ।

दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो ।एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए ।सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाएु एमालेले भनेको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यको ११औं बुँदामा भनिएको छ, ुएमसीसी परियोजना सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।ु

 

संसद्‍को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।

एमसीसीबारे एमालेको धारणाको पूर्ण पाठ

Leave a Comment