सुनसरी । सुनसरीको धरान १८ बुद्धचोकस्थित एक होटलको कोठामा अधबैंसे महिलाको शव फेला परेको छ । न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि घटनाको बारेमा प्रहरीलाइै खबर गरेका थिए ।
होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नम्बरको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।