काठमाडौं । तत्कालीन सशस्त्र द्वन्द्व, त्यसपछिका विभिन्न आन्दोलनका कारण विस्थापित ५ सय ७६ जना शिक्षकले पुनर्बहाली वा उपदानसहितका सुविधा पाउने भएका छन् ।
हिजो बसेको मन्त्रीपरिषद् बैठकले उमेर हद ननाघेकालाई पुनर्बहाली गर्ने र उमेर नाघेकालाई उपदान, निवृत्तिभरणको सुविधा दिने निर्णय गरेको हो ।
२०७३ मंसिरमा पूर्व न्यायाधीश गोबिन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित समितिको सिफारिस अनुसार पुनर्बहाली, उपदान लगायतका सेवा सुविधा दिने निर्णय सरकारले गरेको शिक्षा मन्त्री देवेन्द्र पौडेलल बताउनुभयो । समितिको सिफारिस अनुसार २ सय ३३ शिक्षक पुनर्बहाली हुनेछन् भने १८ जनाले नियुक्ति पाउने भएका छन् ।
४१ जना निवृत्तिभरणको सुविधा पाउन योग्य छन् भने २ सय ८४ जनाले आर्थिक सहायता पाउने छन् ।